गान्टे र भुन्टे
गान्टेः तपाईँको बाबुको नाम के हो ?
भुन्टेः बाबुको नाम 'के' होईन, भवानी प्रसाद हो !!
गान्टेः के कामले पाल्नु भो होला ?
भुन्टेः भैंसी दुध खान, कुकुर घर रुङ्न पालेको !!
गान्टेः तपाईँको घडीमा कति बज्यो होला ?
भुन्टेः मेरो घडीमा बज्दैन, यसले त टायममात्र दिन्छ, बज्ने घडी त घन्टाघरमा मात्रै छ!!
गान्टेः आज यसो घुमौं न है ?
भुन्टेः नाईँ, मलाई त घुम्दा रिँगटा लाग्छ !!
गान्टेः मलाई त्यसले गाली दियो यार ।
भुन्टेः के मा राखेर ल्यायौ त ?
गान्टेः आज मलाई जरो आएको छ ।
भुन्टैः उखेलेर फ्याँकिदेउ न !!
गान्टेः जागीर खाएर आउँछु है ।
भुन्टेः थालमा कि गिलासमा खान्छौ ?
गान्टेः मैले झ्यालबाट केटाहरु स्कुल गइरहेको देखें ।
भुन्टेः झ्यालबाट !! कसैको खुट्टा भाँचिएन ?
गान्टेः म त थाकेँ यार ।
भुन्टेः कहिले ब्याएका थियौ र !!
यमलोक यातायात सेवा
सबै जना स्वर्गलोक जान चाहान्छन् तर मर्न कोही पनि चाहाँदैनन् । नमरी स्वर्ग पुगिन्न, स्वर्ग नगई मरिन्न , कस्तो अप्ठेरो होला त ! तर यमलोक जानको लागी चाहीँ सजिलो छ है । के तपाईँ यमलोकको यात्रा गर्न चाहानु हुन्छ ? यदी चाहानुन्छ भने, अभरपर्दो, अविश्वासिलो, र अछरितो यमलोक यातायात सेवालाई सम्झनोस् !
हाम्रो सेवाहरु:
(क) एउटै सिटमाथी दश जना सम्म खप्टिएर बस्न मिल्ने
(ख) बसभित्रै एयर कन्डिसनको ब्यबस्था गरिए अनुरुप गर्मीको बेला बोसो
पग्लिनेगरीको गर्मी तथा जाडोको हुने ब्यबस्था
(ग) केवल १५ वटा सिटको छरितो बसमा ५० जनासम्ममा मानिस कोचाकोच गरिन सक्ने
(घ) बर्खामा बसभित्रै छाता ओढ्न सकिने तथा गाडी भित्रै स्विमिंगपुलको ब्यबस्था
(ङ) गाडीलाई ननस्टप रुपमा दौडाउनका लागी ब्रेक र स्टेयरिंग नभएको
छिटो गर्नोस्, यमलोकबाट इन्भाइटेसन लेटर पठाइ सकिएको हुनाले चढेको दुईघन्टामा नै यमलोकको बसपार्कमा पुर्याइने छ ।
पुनस्च: जहाँ तहीँबाट दलालहरुसँग टिकट नलिनु होला, यमलोक लैजाने भनेर स्र्वगलोक पुर्याईदेलान् !
सम्पर्कः अघिल्लो दिन पिच गरेको भोलीपल्ट पत्तासाफ हुने नेपालका प्रत्येक राजमार्गहरु !
दैवको लिला ।
सरकारले महिला पुरुषको भेदभाव अन्त्य गरेपछि एक पुरुष नेता भाषण गर्दैथिएः आमा दिदी बहिनीहरु, महिलामाथीको संपूर्ण भेदभाव अन्त्य भएपछि यति भएको छु नि गर्वले मेरो छाती ढक्क फुलेको छ ।
आमैः ए...गर्वले हाम्रो पेट ठुलो हुन्थ्यो, लोग्नेमान्छेको चाहीँ छाती ठुलो हुदो रहेछ, दैवको लिला ।
मोटे ख्याउटे
एउटा मोटोमानिस बसको सिटमा गजधम्म परेर बसिरहेको थियो । त्यतिकैमा एउटा ख्याउटे मानिस बसमा चढ्यो । मोटे सिटमा बसेको देखेर उसले ब्यंग्य गर्दै भन्यो:
ख्याउटेः यो बसमा त हात्तीहरुले मात्रै बस्न पाउने हो कि क्या हो ?
मोटे: हैन, आउनोस् न, गधाहरुलाई पनि सिट खाली छ ।
नर्कमा गुरु
एउटा क्लासमा ह्वेलको बारेमा कुरा हुँदैथियो ।
शिक्षकः ह्वेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन, किन भने उसको
घाँटी सानो हुन्छ ।
बिद्यार्थीः तर, दिपक त जापान जाँदा ह्वेलले निलेको रे, शिक्षकः होइन, त्यो असम्भव छ ।
बिद्यार्थीः त्यसोभए म स्वर्ग गएपछि दीपकलाई सोध्छु । शिक्षकः अनि नर्क गएको रहेछ
भने नि ?
बिद्यार्थीः सरले सोध्नु नि ।
कलिउडको मन्त्रिपरिषद
निखिल उप्रेती.....................पर्खाल तथा लात्तीमन्त्री
मनिषा कोइराला................दिउसो तथा रात्रीमन्त्री
झरना बज्राचार्य.......... ...बिपासा बासु पनि फ्लप मन्त्री
राजेश हमाल......................ब्रम्हाचारी तथा सन्यासमन्त्री
अशोक शर्मा.......................मण्डले तथा छेपारे मन्त्री
बसुन्धरा भुसाल......... .......रोदन तथा चेपारे मन्त्री
महिला तथा श्रीमती मन्त्री.......भुवन के.सी.
युवा तथा युवती मन्त्री............दिनेश डि.सी.
ज्ञान तथा गोबरमन्त्री.........जल शाह
फेशन तथा ओभर मन्त्री.....रेखा आहा
तिन खित्का
भुतको तमासा
रातको बाह्रबजे एउटा मानिस चिहानमाथी बसिरहेको थियो।त्यति नै बेला गोपाल पनि त्यहीबाटो भएर घर र्फकदै थियो।मध्यरातमा चिहानमाथी बसिरहेकालाई सोध्योःयस्तो मध्यरातमा चिहानमाथी बसिरहन डर लाग्दैन ?
जवाफमा भन्योः के को डर नि।चिहानभित्र एकदमै गर्मी भएकोले एकैछिनकालागी बाहिर आएको ।
बदलाको भाव
रीताः ए, सरिता बाहिर ३ जना केटीहरुले तिम्रो श्रीमानलाई कुटिरहेकाछन् ।
सरिताः खै खै हेरौँ, (झ्यालमा बसेर छिमेकीले लोग्ने पिटेको हेर्न थाल्छे) हो त रहेछ ।
रीताः त्यसरी कुटिरहेकाछन्, सघाउन जान्नस्?
सरीताः पर्दैन, तिनजनाले सकिहाल्छन् नि मेरो बुढोलाई तह लगाउन ।
पनि हद
श्रीमानः हेर न राधिका, आज त मैले छाता लैजान नै बिर्सिएछु।
श्रीमतीः हो त नी, कतिबेला थाहा पाउनु भयो, छाता बिर्सिएको?
श्रीमान्: पानी पर्न रोकिएपछि जब छाता बन्द गर्न हात उठाएको तब छातै छैन ।
Saturday, November 27, 2010
Subscribe to:
Post Comments (Atom)
-
Why do niggers wear wide brimmed hats? So birds won't shit on their lips. How do you stop black kids from jumping on your bed? Put Velcr...
-
php, tutorial, sql, video, css, user, login, cookies, lifeg0eson666, marcus, recck, youtube, online, science, A PHP Tutorial creating a User...
-
Building a CMS with PHP and MYSQL Pat 2 video, php tutorials video, php and mysql to make cms video
No comments:
Post a Comment